सेवोनका अध्यक्ष भट्टसँग भेटवार्ता गर्दै ब्रोकर एसोसिएसनका प्रतिनिधि


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबाेन) का नवनियुक्त अध्यक्ष डा.गोपाल गोपालप्रसाद भट्टसँग नेपाल स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिहरुले आज शिष्टाचार भेट गर्ने भएका छन्। बोक्रर कम्पनीहरुको हकहित तथा बजारको दिगो विकासका लागि प्रतिनिधिहरुले आज अध्यक्षसँग भट्ने भएका हुन्।

प्रतिनिधिहरुले सेबाेनकाे कार्यालयमा भट्टसँग औपचारिक भेट गर्नेछन्। असार गते नियुक्त भएका अध्यक्ष भट्टले असार १५ गते पदभार ग्रहण गरेका थिए। सेबाेनले करिब दुई महिनादेखि अध्यक्ष पाएको हो।