नेपाल प्रहरीद्वारा जेठमा ८६ करोड ९८ लाख राजस्व सङ्कलन


काठमाडौं – नेपाल प्रहरीले एक महिना (जेठ) मा ८६ करोड ९८ लाख १९ हजार राजश्व उठाएको छ। कानुन कार्यान्वयन तथा विभिन्न कारबाहीका क्रममा उक्त राजश्व सङ्कलन गरिएको हो।

प्रहरीले अवैध मालसामान बरामदबापत ४१ करोड ३७ लाख ३७ हजार हजार रुपैयाँ, अदालती फैसला कार्यान्वयनबाट २३ करोड ४४ लाख ४३ हजार रुपैयाँ, ट्राफिक कारबाही बापत १२ करोड ९ लाख १० हजार र अवैध सुनचाँदी बरामदबापत २ करोड ७५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

यस्तै, हुन्डी कारोबार गर्नेहरूबाट ४७ लाख ९५ हजार, स्रोत नखुलेको रकम ३ करोड ५९ लाख ३८ हजार, अवैध नदीजन्य पदार्थ उत्खनन गर्नेहरूबाट ८१ लाख ८९ हजार, अवैध काठ बरामदबाट १ करोड २२ लाख ७६ र अवैध पशुपक्षीको कारोबार गर्नेहरूबाट ५४ लाख २१ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।