काठमाडौं –स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदी ५५ रूपैयाँले घटेको छ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ७९ हजार १०० रूपैयाँ र एक तोला चाँदीको मोल चार हजार १८० रूपैयाँ निर्धारण भएको छ। हिजो बिहीबार एक तोला सुनको मूल्य दुई लाख ७८ हजार ३०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार २३५ रूपैयाँमा कारोबार भएको थियो।
गत बुधबार एक तोला सुनको मोल दुई लाख ८३ हजार ५०० र चाँदी रु चार हजार ४८५ मा खरिदबिक्री भएको थियो। आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २२ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ।






About Us
प्रतिक्रिया