४४ लाख ४३ हजार जरिवाना सङ्कलन 

एक महिनामा २ हजार १ सय ८२ जना फरार प्रतिवादीहरू पक्राउ


काठमाडौं – नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार १ सय ८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। जसमध्ये केन्द्रीय अनुसन्धान ब्युरोबाट १७ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय २६ जना, कोशी प्रदेशबाट ३ सय ५ जना, मधेश प्रदेशबाट ५ सय ३९ जना, बागमती प्रदेशबाट ३ सय ६० जना, गण्डकी प्रदेशबाट १ सय ३२ जना, लुम्बिनी प्रदेशबाट ३ सय २० जना, कर्णाली प्रदेशबाट ६३ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय २० जना पक्राउ परेका हुन्।

उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८ सय ७ वर्ष १ महिना १३ दिन कैद सजाय कार्यान्वयनमा आएको छ। साथै उनीहरूबाट २३ करोड ४४ लाख ४३ हजार ८ सय ९१ रुपैयाँ जरिवाना असुल उपर गरिएको छ। 

फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ। कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ्ग कसुर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान सञ्चालन गरी कार्य गर्दै आइरहेको छ।