दुई दिनमा प्रतितोला ८ हजार ८ सय रूपैयाँ घट्यो सुन, तोलाको कति ?

चाँदी २५० रूपैयाँले घट्याे


काठमाडौं – नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ। बुधबार तोलामा ३ हजार ६ सय रूपैयाँ र आज प्रतितोला ५ हजार २ सय रूपैयाँ गरी दुई दिनमा सुनको मूल्य तोलामा ८ हजार ८ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७८ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ४ हजार चार सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ४ हजार २ सय ३५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला दुई सय ५० रूपैयाँ घटेको हो।