काठमाडौं – ड्युटीमा रहेका ट्राफिकले अब सवारी चालकसँग हात मिलाउन नपाउने भएका छन्। ट्राफिक प्रहरीले चेकिङका क्रममा हात मिलाएको दृश्यहरूलाई लिएर सामाजिक सञ्जाल र आम नागरिकबाट विभिन्न गुनासोहरू आएको भन्दै कार्यालयले सर्कुलर नै जारी गरेको छ।
सर्कुलरमा भनिएको छ,‘ट्राफिक प्रहरीले चेकिङ तथा अन्य ड्युटीको समयमा सवारी चालक लगायत अन्य सेवाग्राहीहरूसँग हात मिलाएका दृश्यहरूप्रति नागरिक स्तरबाट गुनासो आएकाले अब उप्रान्त हात मिलाउने कार्यलाई पूर्ण रूपमा अस्वीकार गरी टाढैबाट ‘नमस्ते’ मात्र भनेर सम्मान गर्न/गराउन निर्देशन दिइएको छ।’
उपत्यकाका सबै ट्राफिक प्रहरी परिसर, वृत्त, प्रभाग र पोष्टहरूलाई सर्कुलर जारी गर्दै अब उप्रान्त ड्युटीको समयमा हात मिलाउने कार्यलाई पूर्ण रूपमा निषेध गरेको छ। सेवाग्राहीसँग हात मिलाउने कार्य पूर्णरूपमा त्याग्नुपर्ने र त्यसको सट्टा टाढैबाट नमस्कार मात्र गरी सम्मान गर्नुपर्ने निर्देशन दिइएको छ।






About Us
प्रतिक्रिया