घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सुन १६ सय र चाँदी १४० रूपैयाँले घट्याे


काठमाडौं – सोमबार तोलामा एक हजार चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

सोमबार प्रतितोला चार हजार सात सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज तोलामा चार हजार पाँच सय ९० रूपैयाँमा काराेबार भइरहेको छ। जुन मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ४० रूपैयाँले कम हाे।