बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज अर्थात् सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कायम भएको छ । सुनको मूल्य १ हजार ४ सयले बढेको हो ।

हिजो सुन प्रतितोला २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।