काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा ६०० र चाँदी ५० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज एक तोला सुनको मोल २ लाख ८७ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ६९० निर्धारण भएको छ ।
गत शुक्रबार एक तोला सुन २ लाख ८६ हजार ७०० र त्यति नै परिमाणको चाँदी ४ हजार ६४० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १५५ र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।






About Us
प्रतिक्रिया