सेबोन अध्यक्ष बने राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट


काठमाडौं – सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल प्रसाद भट्टलाई नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेकाे हो ।