वकीटकी र नवीकरण नगरिएको पत्रकार परिचयपत्रसहित ‘प्रहरी हुँ’ भन्दै धम्काउने शैलेश डंगोल पक्राउ 


काठमाडौं – वकीटकी र नवीकरण नगरिएको पत्रकार परिचयपत्रसहित  ‘प्रहरी हुँ’ भन्दै धम्काउने  एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको काठमाडौं महानगरपालिका– ३ घर भएका शैलेश डंगोल रहेका छन्। 

उनले काठमाडौं महानगरपालिका–३२ फुटबल ग्राउण्डस्थितमा प्रहरीले प्रयोग गर्ने वकीटकी सेट देखाई ‘म प्रहरी हुँ’ भनी धाक धम्की दिएको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले उनलाई वकीटकी  १ थान , ब्लु बुक थान १ र सूचना तथा प्रसारण विभागबाट प्रभाव दैनिक सञ्चार संस्थाको प्रेस प्रतिनिधि भनी निज शैलेस डंगोलको नाममा जारी भएको नवीकरण नगरिएको पत्रकार परिचय पत्र १ थानसहित पक्राउ गरेको हो। 

उनलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त नयाँ बानेश्वरबाट अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।