सुनचाँदीको मूल्यमा सामान्य गिरावट


काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुन तोलामा एक हजार २०० रूपैयाँ र चाँदी १० रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल दुई लाख ९७ हजार ३०० रूपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९८० रूपैयाँ कायम भएको छ।

हिजो मङ्गलबार एक तोला सुनको मोल दुई लाख ९८ हजार ५०० रूपैयाँ र चाँदी चार हजार ९९० रूपैयाँमा कारोबार भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।