प्रि ओपन सेसनमा १०.७४ अंकले बढ्यो नेप्से


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०.७४ अंकले बढेर बन्द भएको छ। यस सेसनमा २ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यस सेसनमा ३९ हजार ७८७ कित्ता शेयर किनबेच भएको छ।

यससँगै, कारोबारमा आएका ५७ कम्पनीमा ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २५ कम्पनीको शेयर मूल्य घटेको छ।