काठमाडौं – नेपाली बजारमा आज पहेँलो धातुको मूल्य तोलामा १ हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला २ लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज २ लाख ९३ हजार २०० निर्धारण भएको छ ।
यस्तै, चाँदी तोलामा ५५ रुपैयाँले बढेर प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २१० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





About Us
प्रतिक्रिया