काठमाडौं – घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको ४ करोड ३ लाख १८ हजार १११ कित्ता शेयरको लकइन अवधि आउँदो असार ३१ गतदेखि सकिने भएको छ।
कम्पनीको संस्थापक शेयरधनीहरू, उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरू र कम्पनीका कर्मचारीहरूको शेयरको लकइन अवधि सकिन लागेको हो।
जसमा कम्पनीको संस्थापक शेयरधनीहरूको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता त्यस्तै, उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूको शेयर २४ हजार ७०५ कित्ता र कम्पनीका कर्मचारीहरूको ९७ हजार ७७२ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।





About Us
प्रतिक्रिया