सुनको मूल्य ५१ सयले घट्यो, तोलाको कति ?


काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा ५ हजार १ सय र चाँदी ९० रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८६ हजार ७०० रूपैयाँ कायम भएको छ। एक तोला चाँदीको मूल्य चार हजार ६५० रूपैयाँ निर्धारण भएको छ।

हिजो एक तोला सुन दुई लाख ९१ हजार ८०० रूपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ७४० रूपैयाँमा कारोबार भएको थियो ।गत मङ्गलबार एक तोला सुन तीन लाख एक हजार ९०० रूपैयाँ र चाँदी चार हजार ९२५ रूपैयाँ मा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १०० र त्यति नै परिमाणको सेतो धातु ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।