काठमाडौं – काठमाडौंको न्यूरोडबाट प्रहरीले स्रोत नखुलेको नगद ८ लाख ६१ हजार ५ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर लोकन्थली बस्ने सिन्धुपाल्चोकका सविन तिमल्सिना रहेका छन्।
प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया