बैंकिङ्ग कसुर मुद्दामा ४६ लाख बिगो तोकिएका घिमिरे पक्राउ


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरका महालक्ष्मी नगरपालिका– ५ टिकाथली बस्ने रौतहट घर भएका ४१ वर्षीय ईश्वर कुमार घिमिरे रहेका छन् । 

जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा २०८१ पुस १ गतेको फैसलाले बिगो ४६ लाख रुपैयाँ बापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट पक्राउ गरेको हो ।  

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेश गरिएको छ ।