काठमाडाैं- नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेकाे छ। सोमबार तोलामा नौ सय रूपैयाँ घटेको सुनको मूल्यय सदिन प्रतितोला दुई हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला चार हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।








About Us
प्रतिक्रिया