काठमाडौं – नेपाली शेयर बजारमा नयाँ डिम्याट खाता खोल्न तथा हाल सञ्चालनमा रहेका खाताहरूको विवरण अद्यावधिक गर्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको छ।
सिडिएस एण्ड क्यिरिङ्ग लिमिटेड (सिडिएससी) ले सम्पूर्ण निक्षेप सदस्य (डीपी) हरूलाई पत्राचार गर्दै आगामीअसार १ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्था अनिवार्य गरिएको जानकारी दिएको हो।
सिडिएससीको गत जेठ १३ गतेको निर्णयअनुसार सो व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो। यसअघि सिडिएससीले २०८२ फागुन १९ गते निक्षेप सदस्यहरूलाई पत्राचार गर्दै ब्याक अफिस प्रणाली प्रयोग गर्ने संस्थाहरूलाई हितग्राहीको विवरणमा राष्ट्रिय परिचयपत्र नम्बर समावेश हुने व्यवस्था मिलाउन प्रणाली विकास गर्न निर्देशन दिएको थियो।
सोही तयारीलाई पूर्णता दिँदै अब नयाँ खाता खोल्ने साथै पुराना खाताको विवरण अद्यावधिक गर्ने क्रममा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था लागू गर्न लागेको हो।






About Us
प्रतिक्रिया