काठमाडौं – विभिन्न सेक्टरका ६ कम्पनीको आईपीओ नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा थपिएका छन्। सेबोनमा दुई हाइड्रोपावर र चार उत्पादन तथा प्रशोधन सेक्टर गरी जम्मा ६ कम्पनीको आईपीओ थपिएको हो ।
जसमा हाइड्रोपावरतर्फ सुपरहेवा पावर कम्पनी र रघुगंगा हाइड्रोपावर तथा उत्पादन र प्रशोधनतर्फ राजेश मेटल क्राफ्ट्स लिमिटेड, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेड, युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेड र प्रिमियर डिस्टिलरी लिमिटेड रहेका छन्। जसमध्ये राजेश मेटल क्राफ्ट्स लिमिटेडले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो। जसको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
त्यस्तै, अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले १० करोड ९ लाख ५३ हजार १०० रुपैयाँ बराबरको १० लाख ९ हजार ५३१ कित्ता शेयरका लागि सेवोनसँग अनुमति मागेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
त्यसैगरी, एग्रो क्षेत्रको युवरानी एग्रो इन्डस्ट्रिज लिमिटेडले १६ करोड ५० लाख रुपैयाँ बराबरको १६ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
यसैगरी, प्रिमियर डिस्टिलरी लिमिटेडले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि अनुमति मागेको छ । कम्पनीको आईपीओ निष्काशन बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
त्यस्तै, सुपर हेवा पावर कम्पनी लिमिटेडले समेत १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता शेयर जारी गर्न अनुमति मागेको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
साथै, रघुगंगा हाइड्रोपावर लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।






About Us
प्रतिक्रिया