प्रोग्रेशिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – प्रोग्रशिभ फाइनान्स लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो।

संस्थाले यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्रीमा राखेको हो।

सो शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिनभित्र संस्थाको कम्पनी सचिवको कार्यालयमा लिखित आवेदन दिन सक्नेछन्।