काठमाडौं – सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिन आज अन्तिम दिन रहेको छ। जेठ १८ गतेदेखि निष्काशन गरेको सो आईपीओमा आवेदन दिन आज अन्तिम दिन हो ।
कम्पनीले कुल जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये कम्पनीले ४६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ४६ लाख ७४ हजार कित्ता शेयर निष्कासन गरेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।








About Us
प्रतिक्रिया