सानिगाड हाइड्रोको आईपीओ निष्काशनको मिति परिवर्तन, कहिलेसम्म दिन सकिन्छ आवेदन ? 


काठमाडौं – सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गतेदेखि सर्वसाधारणका लागि निष्काशन बिक्री खुला गर्न लागेको आईपीओको आवेदन दिने मिति परिवर्तन गरेको छ। सरकारले जेठ १४ गते  बकर ईदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै कम्पनीले आईपीओ निष्काशन मिति परिवर्तन गरेको हो। अब सो आईपीओमा सर्वसाधारले जेठ १८ गतेदेखि आवेदन दिन सकिनेछ। जसको निष्काशन बन्द छिटोमा जेठ २१ र ढिलोमा आगामी असार १ गतेसम्म हुनेछ। 

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र स्थानिया बासिन्दाका लागि आईपीओ निष्काशन गरी बाँडफाँटपश्चात् सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले कुल जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ४६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ४६ लाख ७४ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो। 

सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।