प्रि ओपन सेसनमा साढे ५ अंकले घट्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.५५ अंकले घटेर बन्द भएको छ। यस सेसनमा १ करोड २ लाख ३१ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, यस सेसनमा १३ हजार ३०३ कित्ता शेयर किनबेच भएको छ।

यससँगै कारोबारमा आएका ६५ कम्पनीमा २० कम्पनीको शेयर मूल्य बढेको छ भने ३६ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ३ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।