काठमाडौं – नेपाली बजारमा आज जेठ ७ गते बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ९० रुपैयाँले बढेको छ। यससँगै आज चाँदी ५ हजार ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।






About Us
प्रतिक्रिया