काठमाडौं – आज शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३०.०८ अंकले बढेर २७ सय ५४ दशमलव ४८ को विन्दुमा कायम भएको छ। आज कारोबारमा आएका ३४६ कम्पनीहरु मध्ये २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ, भने १ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज ३ अर्ब ८२ करोड रुपैयाँको शेयर कारोबार हुँदा १ करोड ६ लाख कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा बढी कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ। आज सो कम्पनीको १८ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविधुत् कम्पनीको १७ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी अप्पर लोहोेरे खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज सो कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ११.८८ प्रतिशतका दरले कमाएका छन्। यससँगै, आज सबैभन्दा बढी कर्पाेरेट डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.२६ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया