काठमाडौं – सानिगाड हाइड्रो लिमिटेडले यही जेठ १४ गतेदेखि सर्वसाधारणले खरिद गर्न मिल्ने गरी आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँटपश्चात् गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले कुल जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये कम्पनीले ४६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ४६ लाख ७४ हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। सो आईपीओ निष्कासन बन्द छिटोमा जेठ २० गते र ढिलोमा जेठ २८ गते हुनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।






About Us
प्रतिक्रिया