शेयर बजारमा झिनो गिरावट, कारोबार रकम २ अर्ब ४५ करोडमा सीमित


काठमाडौं – आज शेयर बजार सामान्य घटेर बन्द भएको छ। आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १ दशमलव ०३ अंकले घटेर २,७३० को विन्दुमा कायम भएको छ। आज ११९ कम्पनीको शेयर मूल्य बढेको छ भने १३२ कम्पनीको शेयर मूल्य घटेको छ।

आज दिनभरिमा ३३९ कम्पनीको ५८ लाख २८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै शासह उर्जाको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ८ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ। रिलायन्स स्पीनिङ मिल्सको ७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ। एसवाई प्यानलको ७ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै इङ्वा हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ४२ प्रतिशतका दरले कमाएका छन्। बुङगल हाइड्रोका लगानीकर्ताले ६ दशमलव ३२ प्रतिशतका दरले कमाएका छन्। सगरमाथा जलविदूतका लगानकिर्ताले ३ दशमलव २८ प्रतिशतका दरले कमाएका छन्। आज सबैभन्दा धेरै निफ्रा ऊर्जा ऋणपत्रका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५ दशमलव २६ प्रतिशतका दरले गुमाएका हुन्।

यसदिन ५ उपसूचकमा सामान्य सुधार देखिएको छ भने ८ उपसूचक ओरालो लागेको छ।