काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसदिन सुन ताेलमा ४ हजार रूपैयाँले घटेकाे थियाे।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३३० रुपैयाँले घटेको छ। यससँगै आज चाँदी ५ हजार ६० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५३ सय ९० सय रुपैयाँमा कारोबार भएको थियो।






About Us
प्रतिक्रिया