कर्जा रिकभरी हुन नसक्ने अवस्थामा मात्रै प्रोभिजन गर्ने व्यवस्था लागू गर्नुपर्छ : उपाध्यक्ष उपाध्याय


काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का उपाध्यक्ष राजेश उपाध्यायले कर्जा रिकभरी हुन नसक्ने अवस्था अवस्थामा मात्रै प्रोभिजन गर्ने व्यवस्था लागू गर्नुपर्ने बताएका छन्। बैंक तथा वित्तीय संस्थाहरु प्रोभिजनिङ सम्बन्धि व्यवस्थाले दवावमा रहेको बताएका हुन्।

एक वर्षमा कर्जा रिकभरी नभए शतप्रतिशत कर्जाको प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाले कर्जा लिने व्यवसायीलाई समेत समस्या सिर्जना गरेको उनको भनाई छ। यतिबेला बैंकिङ्ग क्षेत्रको प्रमुख समस्यामो रुपमा खराब कर्जा उदाएको बताउँदै उनले कडाइले मात्रै यसको समाधान नहुने प्रष्ट पारे।

‘बैंकिङ्गको सबैभन्दा ठूलो समस्या बनिरहेको छ खराब कर्जा। यसमा आन्तरिक, बाह्य र नीतिगत कारणहरु देखिन्छ’ उनले भने। उपाध्यायले अहिले १२ प्रतिशतको कर्जाको ग्रोथ हुने लक्ष्य हाँसिल गर्दा जसको आधा अर्थात् ६ प्रतिशतको ग्रोथमा नै आर्थिक वर्ष सक्किने अवस्था रहेको उल्लेख गरे।

उनले अहिले इतिहासकै न्यून ब्याजदर कायम रहे पनि बैंकिङ प्रणालीमा कर्जा प्रवाहको अनुपात न्यून रहेको बताउँदै आर्थिक वृद्धि बढाउन लगानी विस्तार अपरिहार्य भएको समेत उल्लेख गरे। ‘जीडीपी ग्रोथका लागि पनि लगानीको ग्रोथ बढ्नुपर्छ, जसका लागि लगानीको वातावरण बन्न जरुरी छ’ उनले भने। स्वदेशी लगानीमा उत्साह नआएसम्म विदेशी लगानी नआउने बताए । उनले अहिले आन्तरिक र बाह्य दुवै क्षेत्र प्रभावित भएको समयमा खराब कर्जा बढेको उल्लेख गरे।