सुनचाँदी मूल्यः

एकैदिन तोलामा ४ हजार रुपैयाँले घट्यो सुन, तोलाको कति ?

चाँदी ३५५ रूपैयाँले घट्याे


काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ। सुन तोलामा चार हजार रुपैयाँ र चाँदी ३५५ रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९८ हजार ५०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ३९० रूपैयाँ कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ७४५ रूपैयाँमा खरिदबिक्री भएको थियो। गत बुधबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार २०० र चाँदी रु पाँच हजार ७१० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६७८ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।