काठमाडौं – बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा ३०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ७४५ रुपैयाँ कायम भएको छ।
हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार ७१० रुपैयाँमा कारोबार भएको थियो। गत मङ्गलबार एक तोला छापावाल सुन तीन लाख दुई हजार ९०० रुपैयाँ र चाँदी पाँच हजार ६९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०० र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।






About Us
प्रतिक्रिया