काठमाडौं – साताको पहिलो कारोबारको दिन सोमबार शेयरब बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८.१९ अंकले बढेकाे छ। दोहोरो अंकको वृद्धिसँगै बजार बढेर २७८३.८५ विन्दुमा पुगेको छ।
आज कारोबारमा समेत सुधार देखिएको छ। आज १ करोड ४ लाख कित्ता खरिदबिक्री हुँदा ४ अर्ब ६१ करोड रुपैयाँको शेयर किनबेच भएको हो।
यस दिन ४ वटा शेयर स्थिर हुँदा १८ वटाको मूल्य घटेको र २४७ वटाको बढेको नेप्सेले जनाएको छ। बढेकामा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त १४.१९ प्रतिशतले बढ्दा कुमारी धनवृद्धि योजना ११.३७ प्रतिशतले उकालो लागेको छ। अन्य शेयरहरु अधिकतम ८.४३ प्रतिशतसम्मले बढेका छन्।
आजको कारोबारमा २.८७ प्रतिशतसम्म मात्र शेयरहरुको मूल्य गिरावट देखिएको छ। कारोबारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि छ। उक्त कम्पनीको. २१ करोडको कारोबार भएको छ। त्यसैगरी नेशनल हाइड्रो १७ करोड, एसवाई प्यानल १६ करोड, रिडी पावर १५ करोडको कारोबार भएको छ।






About Us
प्रतिक्रिया