तोलामा १ हजार रुपैयाँले घट्यो सुन, तोलाको कति ?


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ९८ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा २५ रुपैयाँले बढेको छ। यससँगै आज चाँदी ५३ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको ५ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।