काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य १ हजार रुपैयाँले घट्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भयो। आइतबार घटेको सुनको मूल्य सोमबार ३ सय रुपैयाँले घट्दै प्रतितोला दुई लाख ९४ हजार ८ सय रुपैयाँमा किनबेच भयो।
आइतबार र सोमबार लगातार घटेको सुनको मूल्य मंगलबार पनि घट्यो। त्यसदिन ३ हजार ८ सय रुपैयाँले घट्दै प्रतितोला सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँमा ओर्लियो। बुधबार भने सुनको मूल्यमा भारी रकमको वृद्धि देखियो। त्यसदिन ५ हजार ८ सय रुपैयाँले बढ्दै प्रतितोला सुन २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भयो।
बिहीबार पनि सुनको मूल्य १ हजार ८ सय रुपैयाँले बढ्दै प्रतितोला सुन दुई लाख ९८ हजार ६ सय रुपैयाँ पुग्यो। यस्तै, शुक्रबार १ हजार ३ सय रुपैयाँले बढ्दै प्रतितोला सुन दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भयो। समग्रमा यो साता सुनको मूल्यमा ४८ सय रुपैयाँको वृद्धि देखिएको छ।



About Us
प्रतिक्रिया