यी हुन् आज नप्सेमा सर्वाधिक गुमाउने ५ कम्पनी


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १।६४ आज अंकले घटदा ५ कम्पनीका लगानीकर्ताले सार्वधिक गुमाएका छन् । आज कारोबारमा आएका ३३६ कम्पनीहरुमा भगवति हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, एनआइसी एशिया ब्यालेन्स्ड फण्ड, मोदी इनर्जी र शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले सर्वाधिक गुमाएका हुन्।

जसमा भगवति हाइड्रोपावरका लगानीकर्ताले ८.९० प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, क्रमशः नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.२७ प्रतिशत, एनआइसी एशिया ब्यालेन्स्ड फण्डकाले ४.२१ प्रतिशत, मोदी इनर्जीकाले ४.१८ प्रतिशत र शिखर पावर डेभलपमेन्टकाले ३.८९ प्रतिशतका दरले गुमाएका छन्।

कारोबार कुनको कति ?

आज नेप्सेमा कारोबारमा आएका ३३६ कम्पनीले कुल ३ अर्ब १९ करोड रुपैयाँको शेयर कारोबार गर्दा सबैभन्दा बढी सबैभन्दा सोलु हाइड्रोपावरको शेयर कारोबार भएको छ। सो कम्पनीको २२ करोड ११ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १६ करोड ७ लाख रुपैयाँ, नेशनल हाइड्रोपावरको १४ करोड ८८ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १२ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

त्यसैगरी, अप्पर लोहोरे खोला हाइड्रोपारको १० करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।