काठमाडौं – टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिया बासिन्दा र बैदेशिक रोजगारीमा रहेका नेपालका लागि आईपीओ निष्काशनपश्चात् अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरेको हो।
कम्पनीले कुल जारी पुँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात् ४२ करोड ३० लाख ६६ हजार ८८ सय रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति आएको थियो। जसमध्ये कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ करोड १५ लाख ४५ हजार ५ सय रुपैयाँ बराबरको २५ लाख १५ हजार ४५५ कित्ता शेयर निष्काशन गरेको हो।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानिया, वैदेशिक रोजगारीमा गएका नेपाल र सामुहिक लगानीकोषहरु र कम्पनीका कर्मचारीहरुका लागि शेयर बाँडफाँट गरिसकेको छ। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आईपीओको निष्काशन बन्द छिटोमा वैशाख २८ गते हुनेछ भने ढिलोमा जेठ ६ गते हुनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया