काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलामा २० रुपैयाँले बढेको छ। यससँगै आज चाँदी ५ हजार ३० रुपैयाँ कायम भएको छ।



About Us
प्रतिक्रिया