काठमाडौं – सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आजदेखि आईपीओ बिक्रीमा गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले कुल जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अकिंत मूल्यका ८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १० प्रतिशतले हुने आउने ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीको सो आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता र अधिकतममा ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। जसको निष्काशन बन्द वैशाख २४ गते हुनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरे जेठ ४ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। सो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया