तीन कम्पनीको आईपिओ आउँदै, १८ कम्पनी निस्कासनको दौडमा 

तीन कम्पनीको आईपिओ आउँदै, १८ कम्पनी निस्कासनको दौडमा 


बैकिङ्ग समाचार ।

बजारमा अब छिट्टै दुई अर्ब बराबरको आईपिओ निस्कासन हुने भएको छ । तीन वटा कम्पनीले दुई अर्ब २७ करोड ४९ लाख १८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ जारी गर्ने अनुमति पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले एनआरएन इन्फ्राइन्स्ट्रक्चर एन्ड डेभलपमेन्ट र नेपाल पुनर्बिमा कम्पनीलाई एक अर्ब ९३ करोड ९८ लाख रुपैयाँ बराबरको एक करोड ९३ लाख ९८ हजार ४६ कित्ता आईपीओ निष्कासन गर्ने अनुमति दिएको छ ।

एनआरएनले ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशन गर्नेछ । यसका लागि सानिमा क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरिएको छ । त्यस्तै, पुनर्बिमा कम्पनीले एक करोड ६० लाख कित्ता शेयर जारी गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

त्यस्तै, शिवश्री हाइड्रोपावर कम्पनीको पनि चाँडै नै आईपीओ आउँदैछ । गत असोजमा नै शिवश्रीले आईपीओ निष्कासन गर्ने अनुमति पाइसकेको थियो । कम्पनीले ३३ लाख ५१ हजार एक सय ४० कित्ता शेयर जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

झन्डै सात करोड कित्ता निस्कासनको तयारीमा 

नेपाल धितोपत्र बोर्डमा छ अर्ब ५४ करोड १६ लाख ७३ हजार छ सय रुपैयाँ बराबरको सेयर र म्युचुअल फन्डका इकाइ निस्कासनका लागि स्वीकृति माग्दै विभिन्न कम्पनीले निवेदन दिएका छन् ।

बोर्डको तथ्यांकअनुसार हाल १८ कम्पनीको छ करोड ९३ लाख २० हजार पाँच सय ९६ कित्ता शेयर पाइप लाइनमा छ । पाइप लाइनमा रहेका मध्ये ११ ओटा जलविद्युत् कम्पनी, २ बिमा कम्पनी, एक मर्चेन्ट बैंक, १ माइक्रो फाइनान्स कम्पनी र ३ वटा अन्य क्षेत्रका कम्पनी रहेका छन् ।