काठमाडौं – सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड सो आईपीओ आज बाँडफाँट भएको हो।
कम्पनीले वैशाख ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ७४ हजार ९०० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। सो आईपीओमा कुल २७ लाख ३० हजार ९८७ जनाले दुई करोड ९९ लाख ६ हजार ५२० कित्ता शेयरको लागि आवेदन दिएका थिए।
मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरेको हो। जसमा तीन लाख ४७ हजार ४९० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।



About Us
प्रतिक्रिया