आजदेखि एभरेष्ट कलरको आईपीओ बिक्री खुला


काठमाडौं – एभरेष्ट कलर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले कुल जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

जसमध्ये कम्पनीले १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ लाख कित्ता आईपीओ नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली लागि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

सो आईपीओमा वैशाख ३० गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।