काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले घटेको छ। यससँगै आज चाँदी ४ हजार ९१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया