३ हजार रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं– नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजार रुपैयाँले घटेको हो।

योसँगै आज सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १०० रुपैयाँले घटेको छ। यससँगै आज चाँदी ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।