काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुन प्रतितोला दुई हजार ७०० रुपैयाँ र चाँदी ५० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार २०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९९५ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२४ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



About Us
प्रतिक्रिया