विपिन जोशीको परिवारलाई १० लाख दिने सरकारको निर्णय


काठमाडौं – सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।