काठमाडौं – धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ्ग कम्पनी प्रा.लि.ले दीपक भट्टले धितोपत्र खरिद गर्दा रकम नलिने गरेको खुल्न आएको छ । भट्टसँग सम्बन्धित विभिन्न कम्पनीहरू र सो कम्पनीका सञ्चालकहरूलाई दिनुपर्ने रकम नदिई त्यस रकमबाट नै धितोपत्रको राफसाफ तथा फछ्र्यौट गर्ने गरेको नेपाल धितोपत्र बोर्डले जनाएको हो ।
भट्टले कुनै पनि रकम भुक्तानी नगर्ने गरेको रकमको लेनदेन बिना नै उधारोमा शेयर कारोबार गरी शेयरको मूल्य वृद्धि भएको हुन सक्ने बोर्डले जनाएको हो । बोर्डका अनुसार उनीमाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ बमोजिमको कसुर भएको देखिएको छ।
भट्टले रकम भुक्तानी नै नगरी विभिन्न कम्पनीको शेयर खरिद गरेको बोर्डले जनाएको छ । उनले विभिन्न कम्पनीलाई १ करोड भन्दा बढी तिर्न बाँकी रहेको खुलेको छ ।



About Us
प्रतिक्रिया