कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट


काठमाडौं – कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ आज वैशाख ७ गते बाँडफाँट भएको छ। कम्पनीले गत चैत २२ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओ आज बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले बाँडफाँड गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका प्रतिकित्ता १०० रुपैयाँ बराबरको ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएका थिए। जसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएको थियो भने बाँकी आवेदन रद्द भएको थियो।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार ६८ हजार ४७५ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।