काठमाडौं – नेपाल धितो पत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताए। सरकारलाई सहयोग गर्न आफूले राजी खुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाई छ। श्रेष्ठ २०८१ मङ्सिर १० गते धितो पत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए।



About Us
प्रतिक्रिया